Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बागमती प्रदेश सरकारद्वारा दर्शन सहकारी समस्याग्रस्त घोषणा

बागमती प्रदेश सरकारद्वारा दर्शन सहकारी समस्याग्रस्त घोषणा

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
बागमती प्रदेश सरकारद्वारा दर्शन सहकारी समस्याग्रस्त घोषणा

हेटौँडा । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

images

कीर्तिपुर नगरपालिका–९ मा रहेको सो सहकारी संस्थाले संस्थाको सेयर सदस्यको बचत लामो समयदेखि भुक्तानी गर्न नसकेपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताको बचत फिर्ता गर्न नसकेको उक्त सहकारीको सेयर सदस्यसँगको कारोबार एक अर्ब ५० करोड रुपियाँ रहेको छ ।

प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (२) बमोजिम मन्त्रीस्तरको निर्णयबाट उक्त सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको हो । प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले मन्त्रालयको लामो प्रयासपछि पनि सहकारी संस्थाले सेयर सदस्यको बचत भुक्तानी नगरेपछि समस्याग्रस्त सहकारी घोषणा गरिएको जानकारी दिनुभयो । 

उहाँले नौ हजार ८५७ शेयर सदस्यको बचत फिर्ता गर्न बाँकी रहेको भन्दै सहकारी संस्थाले बचतकर्ताको एक अर्ब ५२ करोड ८२ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बताउनुभयो । प्रदेशका सहकारी रजिस्ट्रार र सहकारीका सञ्चालकबिच समस्या समाधान गर्न दुई वर्षदेखि पटक पटक छलफल र पहल भए पनि समस्या समाधान नभएको भन्दै मन्त्री ठकुरीले भन्नुभयो, “सहकारीको जग्गाजमिन प्रशस्त भएकाले सो बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्न प्रयास गरिने छ ।”

उहाँले अगाडि भन्नुभयो, “अब प्रदेश सरकारले नै जग्गा बिक्रीको प्रक्रिया अगाडि बढाएर बचतकर्ताको बचत फिर्ता गर्न प्रयास गर्ने छ ।” सहकारी रजिस्ट्रारले संस्थाका हितविपरीत कुनै कार्य गरेकोलगायतका अवस्था देखिएमा मन्त्रालयसमक्ष त्यस्तो संस्था वा सङ्घलाई समस्याग्रस्त घोषणा गर्न सक्ने सहकारी ऐनमा व्यवस्था रहेको छ ।

सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलगायतका पदाधिकारीको संलग्नतामा सहकारी समस्याग्रस्त बनेको देखिएको उहाँले बताउनुभयो । सहकारीले गत पुस २८ गते १३ औँ साधारण सभा गर्नुका साथै सहकारीबारे विवाद सिर्जना हुन थाले पनि श्वेतपत्र तथा बचत फिर्ता कार्ययोजना बनाएर बागमती प्रदेशको सहकारी महाशाखामा एक वर्षअघि बुझाएको देखिन्छ ।   

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - ०८:२९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology