Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

त्रिशूलीको बाढीको प्रभाव : सुपर त्रिशुली हाइड्रोको कारण रिसोर्टमा क्षति भएको भन्दै क्षतिपूर्ति माग

त्रिशूलीको बाढीको प्रभाव : सुपर त्रिशुली हाइड्रोको कारण रिसोर्टमा क्षति भएको भन्दै क्षतिपूर्ति माग

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
त्रिशूलीको बाढीको प्रभाव : सुपर त्रिशुली हाइड्रोको कारण रिसोर्टमा क्षति भएको भन्दै  क्षतिपूर्ति माग
images

गण्डकी । चितवनको इच्छाकामना गाउँपालिका (चुमखोला) र गोरखाको गण्डकी गाउँपालिका (बुटार)मा यतिखेर सुपर त्रिशूली हाइड्रो निर्माणको काम धमाधम भइरहेको छ । डेढ वर्षअगाडिबाट सुरू भएको काम २० प्रतिशत सम्पन्न भएको छ । अहिले परियोजनामा मुख्य काम बाँध बाँध्ने स्थल बनाउन त्रिशूलीको धार परिवर्तन गरिएको छ ।

असार–साउनको नियमित वर्षासँगै अब बाढी नआउने भनी अनुमान गरेर गत भदौ महिनामा नदीको धार परिवर्तनका लागि बीचभागमा कच्चा पदार्थ थुपार्ने काम परियोजनाले गरेको थियो । तर, अनुमानविपरीत असोज १२ गते आएको बाढीले नदीको बीचभागमा राखेको कच्चा पदार्थमात्रै बगाएन डोजर, एक्साभेटर र टिप्परसमेत बगायो । परियोजनाका भूगर्भशास्त्री दिव्यराज पन्तले नसोचेको पानीको बहाब असोज १२ मा आएको बताए ।

मानवनिर्मित नदीको धार परिवर्तनले नजिकै रहेको इक्वेटर एक्पिडिसन गु्रप नेपालद्वारा सञ्चालित हिमालयन गोरखा आउटडोर सेन्टरमा समेत क्षति ग¥यो । हाइड्रोले निर्माणको क्रममा लापर्बाही गरेकाले बाढीले आफ्नो रिसोर्टमा समेत असर गरेको भनी सञ्चालक महेन्द्र सिंह थापाले हाइड्रोसँग क्षतिपूर्तिको मागसमेत गरेका छन् । पाँच करोडको क्षति भएको भन्दै उनले निवेदन दिएका छन् । थापाले यस त्रिशूली नदीमा विसं २०४० सालदेखि ¥याफ्टिङ व्यवसायसमेत सञ्चालन गर्दै आएका छन् ।

‘हाइड्रो बन्नुअघि रिसोर्टभन्दा करिब दुई सय मिटरमाथि त्रिशूलीकिनारमा चट्टाने पहाड थियो, उक्त पहाडलाई हाइड्रोपावरले ठूला मेसिन प्रयोग कटान गरेर नदीको धार नै रिसोर्टतर्फ फर्कायो’, सञ्चालक थापाले भने, ‘सम्भावित दुर्घटनालाई पूर्वआकलन गरी हामीले सुरक्षा पर्खाल बनाउनुस् भन्दा हाइड्रोले वास्ता गरेन, आज परिणामतः ठूलो क्षति भयो ।’

नदीको धार परिवर्तन गरेर रिसोर्टपट्टि पानीको बहाब पठाएकाले क्षति पुगेको भन्दै आफूले क्षतिपूर्तिको दाबी गरेको सञ्चालक थापाले बताए । स्थानीय गुरूङ थरका व्यक्तिसँग नम्बरी जग्गा लिई रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए ।

हाइड्रोले जथाभावी नदीको धार पतिवर्तन गराएको र सम्भावित दुर्घटनाको ख्याल नगरेकाले क्षति पुगेको स्थानीयको भनाइ छ ।

यसअघि कहिल्यै पनि त्यस स्थानमा त्रिशूली बढेर उच्च भागमा नपुगेको स्थानीय बताउँछन् । क्षतिपूर्तिका लागि स्थानीय जनप्रतिनिधि र प्रहरी तथा स्थानीयवासीको रोहबरमा क्षति मुचुल्का तयार गरेको उनले बताए । नदीकिनारभन्दा आठ फिटमाथि बहाब आएको रिसोर्टमा कार्यरत कर्मचारी सोम प्रजाले बताए । बाढीले क्षति गरेपछि रिसोर्ट हाल बन्द अवस्थामा छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - ०९:५९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology