Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको ज्यान गयो

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको ज्यान गयो

इच्छाकामना न्युज

२३, आश्विन २०७७
जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको ज्यान गयो

भक्तपुर, २३ असोज
जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट भक्तपुरमा एक जनाको ज्यान गएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा गएराती जग्गा देखाउन गएका स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको ज्यान गएको हो ।बुधबार भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल भक्तपुर  लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा गएराति  ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिनुभयो ।कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 

images

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - ०९:१३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology