Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको देवघाटमा कर्भड हल बन्ने

तनहुँको देवघाटमा कर्भड हल बन्ने

आशिक राना

२९, माघ २०७७
तनहुँको देवघाटमा कर्भड हल बन्ने

देवघाट, २९ माघ । तनहुँको देवघाट गाउँपालिकामा कभर्ड हल बन्ने भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा देवघाट युवा तथा खेलकुद विकास समितिले सो कभर्ड हल निर्माण गर्न लागेको हो। 

images

148965687_420488395851495_2572904992947589353_n.jpg
कभर्ड हलको विहिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले शिलान्यास गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सेनाले खेलकुदले नागरिकलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने बताए। नेपालमा खेलकुदको क्षेत्रमा धेरै सम्भावना भएपनि राष्ट्रको लगानी र पारिवारिक वातावरण समेत नहुँदा यो क्षेत्र पछाडि परेको अध्यक्ष तिमिल्सेनाको भनाई थियो । 

149790187_749071365727130_8884247626631321631_n.jpg
कभर्ड हल ५० लाख रुपैयाँको लागतमा बन्ने र त्यसको लागि स्थानीय खेलप्रेमी समाजसेवी चन्द्रप्रकाश दवाडीले १ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। कभर्डहल निर्माणको लागि देवघाट गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको देवघाट युवा तथा खेलकुद विकास समितिका अध्यक्ष शुकु गुरुङले जानकारी दिए। कभर्ड हल निर्माण पछि ब्याडमिन्टन, भलीवल लगायत इन्डोर खेल सन्चालन गर्न सहज हुने अध्यक्ष गुरुङले बताए।

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - २२:२९:१७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology