Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पोखरामा हावाहुरीसहित परेको असिनापानीले धानबालीमा क्षति

पोखरामा हावाहुरीसहित परेको असिनापानीले धानबालीमा क्षति

images

इच्छाकामना न्युज

२०, कार्तिक २०८१
पोखरामा हावाहुरीसहित परेको असिनापानीले धानबालीमा क्षति
images

काठमाण्डौ,  कात्तिक २० – पोखरामा हावाहुरीसहित परेको असिना पानीले धानबालीमा क्षति गरेको छ । हिजो दिउँसो हावाहुरी र पानीसँगै परेको असिनाले भित्राउने बेलाको धान झारेको किसानले बताएका छन् । असिनाले काटेर राखेको धानबालीमा पनि नोक्सानी गरेको छ ।

त्यस्तै देशका अरु ठाउँमा पनि धानबालीमा केही असर पुगेको छ । भक्तपुरका किसानले लगाएको धान पानीका कारण ढलेको छ । यसपालि मनसुनले साथ दिएकाले धानको उत्पादन बढ्ने अनुमान थियो तर, बाली भित्राउने बेला परेको असिनापानीले कतै कतै क्षति गरेको छ ।

यस्तै असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पनि धानबालीमा नोक्सानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेको वर्षा र अघिल्लो महिनाको अविरल वर्षापछि बाढी/पहिरोले धानबालीलाई केही क्षति पुर्‍याएको तर यसवर्ष धानको उत्पादन अवस्था कस्तो हुन्छ भनेर विश्लेषण गर्ने काम भइरहेको जनाएको छ ।

मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतीमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न प्रादेशिक गोष्ठी गर्ने तयारीसमेत गरेको कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै प्रदेशबाट सङ्कलित तथ्याङ्कलाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न लागिएको छ । 

images
प्रकाशित मिति :कार्तिक २०, २०८१ मंगलवार - ०९:१०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology