Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दोस्रो गण्डकी प्रदेश महोत्सव तीनदिन पछाडि धकेलियो, कात्तिक २६ देखि सुरु हुने 

दोस्रो गण्डकी प्रदेश महोत्सव तीनदिन पछाडि धकेलियो, कात्तिक २६ देखि सुरु हुने 

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८१
दोस्रो गण्डकी प्रदेश महोत्सव तीनदिन पछाडि धकेलियो, कात्तिक २६ देखि सुरु हुने 
images

गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव तीन दिन पछाडि धकेलिएको छ । महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनेको दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१ छठ पर्वसहित विभिन्न कारणले पछाडि धकेलिएको जनाइएको छ । 

महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उक्त महोत्सव कात्तिक २६ बाट सुरु हुने बताउनुभयो । संयोजक भट्टचनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा यहि कार्तिक २३ गते देखि मंसिर १० गतेसम्म हुने भनिएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१’ विभिन्न असहज परिस्थितिका कारण कार्तिक २६ गतेबाट मंसिर १० गतेसम्म सञ्चालन हुने व्यहोरा जानकारी गर्दछौँ ।”

महोत्सव तयारीका बारेमा मूल समितिको बैठकसमेत महोत्सव स्थल गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा हुने भएकाले कात्तिक २५ गते दिउँसो १ बजे मूल समितिमा मनोनित सबै सदस्यहरुलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभएको छ । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने जनाइएको छ । सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको भट्टचनले दाबी गर्नुभयो । 

मेलामार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, त्रिवेणीधामदेखि पोखराहुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य भएको उहाँले बताउनुभयो । कात्तिक २६ गते सुरु भएर मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको भट्टचनको भनाइ छ । 

एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु १०० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मूल संयोजक भट्टचनले बताउनुभयो । महोत्सवको रु १०० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने समेत उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ०९:०७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology