Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखन गाउँपालिकाले फागुन २ गते प्रथम शहिद लखन थापाको स्मृति दिवस मनाउने

गोरखाको शहिद लखन गाउँपालिकाले फागुन २ गते प्रथम शहिद लखन थापाको स्मृति दिवस मनाउने

सो दिन गाउँपालिकाभर सार्वजनिक विदा दिईने

गोरखाको शहिद लखन गाउँपालिकाले फागुन २ गते प्रथम शहिद लखन थापाको स्मृति दिवस मनाउने

घैरुङ, ३० माघ । गोरखाको शहिद लखन गाउँपालिकाले यहि फागुन २ गते प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस मनाउने भएको छ। जहानियाँ राणशासनको विरुद्ध जनसंगठन बनाई लड्दा मृत्युदण्ड पाएका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा गाउँपालिकाले फागुन २ गते स्मृति दिवस मनाउन लागेको हो।
सो अवसरमा गाउँपालिकाले वडा नं. ७ स्थित बुंकोटमा विविद्य कार्यक्रम गरी स्मृति दिवस मनाउन लागेको गाउँपालिकाका शिक्षा समन्वयकर्ता एवं कार्यक्रम संचालक मोहनराज विष्टले जानकारी दिनुभयो। 
यसैबिच प्रथम शहिद लखन थापा मगरले सदाहत प्राप्त गरेको दिन फागुन २ गते गाउँपालिकाभर सार्वजनिक विदा दिने भएको छ। गाउँपालिकाले हरेक वर्ष झै यसवर्ष पनि उक्त दिन सार्वजनिक विदा दिने भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिनुभयो।

images

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - ०८:३८:२८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology