Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

गैंडा स्थानान्तरण विषयमा ध्यानाकर्षण

गैंडा स्थानान्तरण विषयमा ध्यानाकर्षण

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
गैंडा स्थानान्तरण विषयमा ध्यानाकर्षण
images

मीना कंडेल

कावासोती, कात्तिक २५ गते । पूर्वी नवलपरासीबाट गैंडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् । 

आइतबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोध गरेका हुन् । पछिल्लो समय विभिन्न कारण देखाउँदै यस क्षेत्रबाट गैंडा स्थानान्तरण गर्दा यहाँको पर्यटन र समग्र विषयलाई प्रभावित पार्ने भएकाले गैंडा स्थानान्तरणलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएको नवलपुर पर्यटन समितिका अध्यक्ष फरसुराम महत्तोले बताउनुभयो ।

विगतका समयदेखि नवलपरासी ९ब।सु।पु।० जिल्लामा रहेका गैंडालाई अर्को स्थानमा स्थानान्तरण गरिदै आएकोप्रति आफूहरुकोे गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । ध्यानाकर्षणपत्रमा थप भनिएको छ, “यसको स्थानान्तरणले जिल्लामा जैविक विविधता, पर्यावरणीय सन्तुलन र पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ ।” 

गैंडा हाम्रो प्राकृतिक सम्पदा मात्र नभएर पर्यटन व्यवसायको स्रोत पनि हो । त्यसैले, यसको स्थानान्तरणले यस क्षेत्रमा व्यवसायिक, सामाजिक र पर्यावरणीय असर पार्न सक्ने उहाँले बताउनुभयो । 

नवलपुर होटल व्यवसायी संघ, नवलपुर पर्यटन समिति, नेचर गाईड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटल व्यवसायी संघको नगर समितिले संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यस विषयमा आफुले बुझेर आवश्यक समन्वय गर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १७:२९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology