Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा उत्पादित चामललाई ब्राण्डिङ गरेर बजारमा ल्याइँदै

गोरखामा उत्पादित चामललाई ब्राण्डिङ गरेर बजारमा ल्याइँदै

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
गोरखामा उत्पादित चामललाई ब्राण्डिङ गरेर बजारमा ल्याइँदै
images

गोरखा, २५ कार्तिक । गोरखामा उत्पादन हुने चामललाई ब्राण्डिङ गरी बजारमा ल्याउने तयारी गरिएको छ । गोरखा नगरपालिका–११ सिर्दीमा निजीस्तरमा सञ्चालित खाद्य प्रशोधन तथा बिउबिजन स्रोत केन्द्रले चामल ब्राण्डिङको तयारी थालेको हो । ब्राण्डिङ गरिएको चामलको नाम गोरखनाथ र श्रीकृष्ण नामाकरण गरिने तयारी गरिएको छ । गोरखनाथ ब्राण्डमा जिरा मसिना र श्रीकृष्णमा मोटा, सावित्री लगायतका चामल पर्ने उनले जानकारी दिइन् ।

खाद्यान्न प्रशोधनका लागि आवश्यक उपकरण खरिद गरी जडान भइसकेको प्रोपराइटर गिता ढकालले बताइन् । एलिभेटर, हस्कर मेसिन, सेपेरेटर मेसिन, पोलिसर, डिस्टोनर र राइस ग्रेडर लगायतका उपकरण जडान गरिएको उनले जानकारी दिए । ‘एलिभेटरले धान आफै लिप्ट गरेर मेसिनमा हाल्छ,’ उनले भनिन्, ‘हस्कर मेसिनले धानको भुस छुट्याउने काम गर्छ ।’ सेपरेटर मेसिनले धान र चामल छुट्याउने काम गर्ने उनले बताइन् ।

‘हस्कर मेसिनबाट धान र चामल मिसिएर आएको हुन्छ, त्यसलाई छुट्याउने काम सेपरेटर मेसिनले गर्छ,’ उनले भनिन् । उनका अनुसार पोलिसर मेसिनले चामललाई पोलिस गर्ने काम गर्छ भने डिस्टोनर मेसिनले चामलमा भएको ढुंगालाई बाहिर निकाल्ने काम गर्छ । ‘ठूला ढुंगा हस्कर मेसिनले छान्छ तर चामल जत्रो ढुंगाहरु छान्ने काम डिस्टोनर मेसिनले गर्छ,’ ढकालले भनिन् । राइस ग्रेडर मेसिनले कनिका र चामल छुट्याउने काम गर्ने उनले जानकारी दिइन् ।

बोरा सिलाउने र लेवलिङ गर्ने मेसिन समेत खरिद गरिएको उनले बताइन् । सामान्य रुपमा अहिले स्थानीय स्तरमा उत्पादित धान खरिद गरेर चामल उत्पादन गर्दै आएको केन्द्रले व्यवसायिक रुपमा ब्राण्डिङ गरिएको चामल बजार आउन भने केही समय लाग्ने बताएको छ । ढकालका अनुसार चामल ब्राण्डिङ गरेर बजारमा ल्याउन तीन महिना लाग्ने छ ।

दरौदी करिडोरमा उत्पादित धानलाई किनेर चामल उत्पादन गर्ने र त्यसलाई ब्राण्डिङ गर्ने लक्ष्य रहेको बताउँदै उनले थपिन्, ‘यहाँ असारको धानभन्दा मंसिरको धान बेच्ने चलन रहेछ । अहिले बल्ल धान थन्क्याउँदै छन् । नयाँ धान किन्ने वित्तिकै बेचिहाल्न पनि मिल्दैन । केही समय स्टोरमा राख्नुपर्ने भएकाले चामल बजारमा आउन करिव तीन महिना लाग्छ ।’

ब्राण्डिङ गरिएको चामल गोरखासँगै काठमाडौं र ‘हाइवे’ का होटलहरुमा बिक्री वितरण गरिने बताइएको छ । माग बढेर गोरखामा उत्पादित धानले नपुगे बर्दियाको राजापुरमा उत्पादित धान खरिद गरेर ल्याउने ढकालको योजना छ । यो बर्ष जिल्लाबाट करिव ४५ लाख बराबरको धान संकलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन् । हाल परिवारका सदस्यहरु आफै काममा खटिएका छन् । ब्राण्डिङ गरिएको चामल बजारमा आउन थालेपछि केही जनशक्ति थप गर्ने केन्द्रले जनाएको छ ।

उनका अनुसार हालसम्म करिव २० लाख लगानी भइसकेको छ । कृषि ज्ञान केन्द्रबाट मेसिन खरिदका लागि पाँच लाख अनुदान प्राप्त भएको उनले बताइन् । खाद्यान्नबाली प्रशोधन कार्यक्रम अन्तरगत गत बर्ष उनीहरुलाई अनुदान उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी सुमन भट्टराइले बताए । ५० प्रतिशत लागत सहभागीतामा अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १७:४९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology