Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा अब स्थानीय उत्पादनकै बिजुली

लमजुङमा अब स्थानीय उत्पादनकै बिजुली

images

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
लमजुङमा अब स्थानीय उत्पादनकै बिजुली
images

आश गुरुङ

लमजुङ, कात्तिक २६ । लमजुङमा आइतबारदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु गरिएको छ । यसअघि तनहुँको दमौलीबाट ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत लमजुङमा विद्युत् वितरण हुँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख इन्जिनियर मेघनाथ भट्टराईका अनुसार बेंसीसहर नगरपालिका–१ उदीपुर दलालमा २२० केभी प्रसारण लाइन अन्तर्गतको सवस्टेशनबाट जिल्लामा विद्युत् वितरण गरिएको हो । उनले २२०/१३२/३३ केभी सबस्टेशनबाट लमजुङमा विद्युत् प्रवाह गरिएको बताए ।

लमजुङमा विद्युत् वितरणको लागि ५० एमभीएको पावर ट्रान्सफर जडान गरिएको छ । उक्त सवस्टेशनमा अहिले दोर्दी करिडोरमा निर्माण गरिएको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको विद्युत् जडान छ । सवस्टेशनको काम पूरा नभएकाले दोर्दी करिडोरका अन्य आयोजनाबाट उत्पादित विद्युत् यसअघि नै ७० मेगावाटको मध्यमर्स्याङ्दीमा ‘स्वीचयार्ड’ गरी राष्ट्रिय प्रसारणमा लगिएको छ ।

उक्त सवस्टेशनमार्फत जिल्लामा विद्युत् प्रवाह गर्न २ महिना अघि नै तयारी गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरीक्षण गरेपछि मात्र वितरण गरिएको भट्टराईले बताए । ‘हामीले दसैं अगावै तयारी थालेका थियौं । कार्यकारी निर्देशकबाट अनुगमन निरीक्षण भएपछिमात्रै उदीपुर सबस्टेशनबाट विद्युत् वितरण गरेका हौं,’ उनले भने । प्राधिकरणअन्तर्गत लमजुङ वितरण केन्द्रबाट विद्युत् उपभोग गर्नेमा लमजुङका ३३ हजार ग्राहक छन् ।

लमजुङमा हालसम्म दमौलीबाट ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् वितरण हुँदै आएको थियो । दमौलीबाट गोरखा हुँदै ६० किलोमिटरको दूरीबाट ल्याइएको विद्युत् ठाउँठाउँमा समस्या आउँदा लमजुङमा विद्युत् अवरुद्ध हुने गरेको थियो । ‘राष्ट्रिय प्रसारण लाइनका अन्य ठाउँमा समस्या हुँदा लमजुङमा बिजुली बल्ने थिएन । अब त्यो समस्या हट्नेछ,’ उनले भने । अहिले दोर्दीखोलाबाट उदीपुर दलालसम्म २ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको र उक्त विद्युत् उपभोग गर्ने गरी विद्युत जडान गरिएको उनले बताए ।

संविधानसभा सदस्य जमीन्द्रमान घलेले लमजुङका बासिन्दाले लमजुङकै बिजुली उपभोग गर्न पाउनुपर्ने माग गर्दै यसअघि धेरै डेलिगेसन र निवेदन सरकारसमक्ष पुगिसकिएको बताए । ‘२०६३ सालतिर मध्यमर्स्याङ्दी आयोजना सञ्चालनमा आउँदा हामीले लमजुङवासीलाई लमजुङमै उत्पादित विद्युत् दिन तत्कालीन सरकार (पुष्पकमल दाहाल) समक्ष माग गरेका थियौं । यसका लागि सवस्टेशन चाहिने रहेछ,’ एमाले केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘अहिले लमजुङका बासिन्दाले लमजुङकै विद्युत् उपभोग गर्न पाउनु राम्रो हो, पहिलेको जस्तो अब छिनछिनमा बिजुली जाने छैन ।’

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - ०७:१२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology