इच्छाकामना, १ मंसिर । यस क्षेत्रकै पहिलो डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकमको सातौं वार्षिकोत्सवको अवसरमा आज शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर हुदैछ ।
इच्छाकामना न्युज डटकम (इच्छाकामना ब्रोडकाष्टिङ्ग मिडिया प्रा.लि.)को आयोजना तथा इच्छाकामना गाउँपालिका र इच्छाकामना गाउँपालिका वडा नं. ६ को कार्यालय, जलविरको सहयोग एवं देव हस्पिटल प्रा. लि. भरतपुर र हाईवे फार्मेसी मुग्लिनसँगको सहकार्यमा सो बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुन गईरहेको छ ।
इच्छाकामना गाउँपालिका–६ जलविरे, चितवन स्थित वडा कार्यालयमा बिहान १० बजेबाट सुरु हुने बृहत निःशुल्क स्वास्थ्य शिविरको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
साथै, शिविरमा डा. सन्दिप पाण्डेद्धारा (जनरल मेडिसिन)–सुगर, प्रेसर, थाईराइड, कलेजो तथा फोक्सो सम्बन्धि, डा. कबिन न्यौपानेद्धारा (हाडजोर्नी तथा नसारोग)–वाथरोग, घुडा खिइएको, नशा च्यापिएको लगायत हाडजोर्नी र नसा सम्बन्धी, डा. बिवेक न्यौपानेद्धारा (जनरल सर्जन) –मृगौला तथा पित्तथैलीको पथ्थरी, हाईड्रोसिल, हर्निया, जनरल सर्जरी सम्बन्धि, डा. दिप्ति शर्माद्धारा (स्त्री तथा प्रसुती रोग)–महिनावारी गडबडि, सेतोपानी बग्ने, महिलाको पाठेघर सम्बन्धि र डा. रचना श्रेष्ठद्धारा (बालरोग)–बालबालिका सम्बन्धि सम्पूर्ण रोगको परीक्षणको सम्पूर्ण व्यवस्थापन गरिएको इच्छाकामना न्युज डटकम (इच्छाकामना ब्रोडकाष्टिङ्ग मिडिया प्रा.लि.)का अध्यक्ष÷ संचालक लालुमाया गुरुङ्गले जानकारी दिनुभयो ।
अध्यक्ष÷ संचालक गुरुङ्गले विभिन्न विशेषज्ञ डा.सहितको नि ःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभलिनुहुन सम्पूर्ण महानुभावहरुलाई आग्रह गर्नुभएको छ ।