चितवन – चितवनको इच्छाकामना गाउँपालिका, ३ फिस्लिङमा ग्यास बुलेटले ठक्कर दिदा एक महिलाको मृतयु भएको छ । चितवनबाट काठमाडौ तर्फ जादैँ गरेको ग्यास बुलेटले करिब १२ बजे गण्डकी गाउँपालिका ६ भुम्लिचोक आइडाडा कि अन्दाजि ५५ वर्षीय पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।
घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेको थियो । अबरोध भएको मुग्लिङ–काठमाण्डौ सडक खण्ड मृतकको परिवारलाइ क्षतिपुर्ति दिने सहमति पछि जाम खुलाएको छ ।