Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

इच्छाकामना न्युज

३, मंसिर २०८१
बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

बन्दीपुर, ३ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ।

images

बियोन बोर्डर्स तथा युनिभर्सिटी अफ तस्मानियाको प्राविधिक सहयोग र बन्दीपुर गाउँपालिका तनहुँको संयुक्त आयोजनामा निःशुल्क विद्यालय स्तरीय स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो।

शिविरमा बालरोग विशेषज्ञद्वारा बालबालिकाहरूको स्वास्थ्य परीक्षण दन्तरोग विशेषज्ञहरूद्वारा बालबालिकाहरूको दन्त परीक्षण, स्त्री तथा प्रसुति रोग विशेषज्ञद्वारा महिलाहरूमा हुने पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण हुनेछ ।

शिविर यही मङ्सिर ४, ५ र ६ गते हुनेछ। मङ्सिर ४ गते बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ स्थित सेराटारमा, मङ्सिर ५ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित धरमपानी स्वास्थ्य चौकीमा र मङ्सिर ६ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा हुनेछ।

शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा लिनुहुन सबैमा गाउँपालिकाले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १९:४३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology