Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने

भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने

images

इच्छाकामना न्युज

७, मंसिर २०८१
भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने
images

गोरखा । भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ ।

यही मंसिर ११ गते एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

‘बिशेष गरी पालिकाभित्रका दलित र गैरदलित बीच विवाह गर्ने जोडीलाई सम्मान गर्न लागेका हौँ,’ उनले भने, ‘त्यस्ता जोडीहरुको विवरण संकलनको काम भइरहेको छ ।

’ जातीय छुवाछुत र भेदभाव अन्त्य गर्ने मुख्य लक्ष्य रहेको उनले जानकारी दिए ।‘कानूनी रुपले जातीय छुवाछुत र भेदभाव गर्न पाइदैन भन्ने छ, तर भित्रभित्रै अदृश्य रुपमा समाजमा भइरहेको छ । त्यसलाई अन्त्य गर्न सम्मान कार्यक्रम राखेका हौँ,’ अधिकारीले भने ।

अन्तरजातीय विवाह गर्नेहरुलाई प्रोत्साहन गर्दै समाजमा उनीहरुमाथि गरिने व्यवहारमा परिवर्तन गराउने उद्देश्यसमेत रहेको उनले जानकारी गराए ।

images
प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ०७:२३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology