चितवन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेशले चितवनको कालिका नगरपालिका स्थित चतुर्मुखी मा. बि. मा गठन गरेको बाल अधिकार चेतना समूहद्वारा शुक्रबार लागू पदार्थ दुरव्यसन सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन गरेका छन् ।
नाटकमा पछिल्लो समयको सबै भन्दा ठूलो समस्याको रुपमा रहेको लागू पदार्थ सेवनमा फसेका बालबालिकाहरुको अबस्था र कुलतमा फस्ने मुख्य कारणहरु साथै दुरव्यसनीमा फसेकाहरुले गर्दा परिवारमा कस्तो असर पर्छ,सामाजिक रुपान्तरणमा कसरी असर गरेको छ भन्ने कुरा नाटकमा प्रस्तुत गरेका थिए ।
नाटकमा कालिका नगरपालिका शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले कालिका नगरपालिका चितवन जिल्लाको दुरव्यसनीको लिष्टमा दोस्रो नम्बरमा परेको र यस समस्यालाई नियन्त्रण भन्दा पनि न्यूनीकरण कसरी गर्न सकिन्छ ,न्यूनीकरणका लागि शिक्षक ,अभिभावक ,विद्यार्थी ,सामाजिक सेवामा लागेको संघ सस्था,टोल बिकास समिती लगायत भाइ बहिनिहरु यस बिषयमा सचेत हुन जरुरी रहेको बताउनुभयो ।
दुरव्यसनमा फस्न नदिनका लागि शिक्षक ,अभिभावक ,सामाजिक संस्था,पालिका,वडा,टोल बिकास समितीहरुले चेतनामुलक कार्यक्रम ,तालिम आदि आयोजना गरेर हातेमालो गरि न्यूनीकरणमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।