Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महायज्ञका प्रमुख बाचक काफ्लेले लिए पाँच रुपैयाँ दान !

महायज्ञका प्रमुख बाचक काफ्लेले लिए पाँच रुपैयाँ दान !

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
महायज्ञका प्रमुख बाचक काफ्लेले लिए पाँच रुपैयाँ दान !
images

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल व्यासऋषिको तपोभूमि गुफामा आयोजित सप्ताहज्ञान महायज्ञका प्रमुख बाचकत्व कृष्णकान्त काफ्लेले पाँच रुपैयाँ दान लिएर उदारता देखाउनुभएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिका अध्यक्ष समेत रहनुभएका काफ्लेंले सात दिनसम्म प्रमुख बाचक रहेर दान नलिईकन संस्थालाई सहयोग गर्नुभएको हो । 
महायज्ञमा प्रमुख वाचक र उपवाचकलाई भक्तजनले टिका लगाउँदा संकलन भएको रु.५५ हजार २५ पनि नलिनु भएको वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिका महासचिव ऋषिराम ढुङ्गानाले जानकारी दिनुभयो ।  खाली हात नहोस भनि उहाँले रु.५ लिएर सहयोग गर्नुभएको हो । 
गुरुलाई चढाइएको रकम समेत नलिई संस्थालाई सहयोग गर्नुभएको हो,उहाँले भन्नुभयो उहाँले “संस्थालाई सहयोग गरी ठूलो गुन लगाउनु भएको छ,यसबाट समितिका पदाधिकारी थप प्रेरणा मिलेको छ ।” 
वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समिति र विश्व हिन्दु महासंघ नेपालको संयुक्त आयोजनामा विश्व ऊँकार हिन्दु महामिलन पर्वको अवसरमा कार्तिक २१ देखि २८ गतेसम्म सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको थियो । 
व्यासगुफा परिसरमा निर्माणधीन अवस्थामा रहेको योग भवन सम्पन्न गर्ने उद्वेश्यले महायज्ञको आयोजना गरिएको आयोजक समितिका महासचिव ढुङ्गानाले बताउनुभयो । 
भवनका लागि व्यास नगरपालिकाले रु.१५ लाख बजेट बिनियोजन गरेको थियो । भवन निर्माणका क्रममा रु.२३ लाख ३५ हजार बराबरको निर्माण कार्य गरेपछि महायज्ञको आयोजना गरिएको हो । 
महायज्ञबाट रु.दश लाख ४४ हजार २८९ चन्दादान संकलन भएको थियो । उहाँका अनुसार दानदक्षिण,प्रसादी र सम्मान लगायतका कार्यमा रु.पाँच लाख ५० हजार ७ सय ८४ खर्च भई रु.४ लाख ९३ हजार पाँचसय पाँच बचत भएको छ । 
“महायज्ञको बचत रकमबाट पनि नपुग रकम व्यास नगरपालिका र व्यास संरक्षक दामोदर बाबाबाट आर्थिक सहयोग लिई व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ,उहाँले भन्नुभयो ।”
आध्यत्मिक सोचले व्यासक्षेत्रको विकास गर्न गतबर्ष देखि महायज्ञको आयोजना गर्दै आएको व्यासगुफाका संरक्षक दामोदर बाबाले जानकारी दिनुभयो । 
बालबालिका,बृद्वबृद्वा,असक्त,तीर्थयात्रीलाई निःशुल्क भोजन र बासको व्यवस्था गर्दै आएको छौ,उहाँले भन्नुभयो “बाहिर जिल्लाबाट आउने पाहुनालाई तीन दिनसम्म खाने र बस्ने सुविधा समेत व्यवस्था गर्दै आएको  छ ।” 
बौद्धिक सनातन धर्मको जर्गेना गर्दै व्यासऋषिको तपोभूमिलाई विश्वमाझ पु¥याउन प्रचारप्रसार गर्ने उद्वेश्यले महायज्ञ कार्यलाई निरन्तरता दिइएको हो ।

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:३१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology