Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चौधरी उद्योग ग्राममा तालाबन्दी

चौधरी उद्योग ग्राममा तालाबन्दी

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
चौधरी उद्योग ग्राममा तालाबन्दी
images

कावासोती, मङ्सिर १० गते । देवचुली नगरपालिका-२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषणले स्वास्थ्यमा समस्या निम्ताएको भन्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

विगत चार दिन अघिबाट चौधरी उद्योगको प्राङ्गणमा धर्ना बसी स्थानीयले तत्काल सी.जी.आइ.पिको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषण नियन्त्रणको माग राखेका हुन् ।

सोमबार चौधरी उद्योगको प्राङ्गणमा रहेको मूल गेटमा तालाबन्दी समेत गरेका छन् । वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिले विरोध जनाउँदै तालाबन्दी गरेको हो ।

स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार सुनिश्चित गर, कालो खरानी उडाउन बन्द गर, जल प्रदूषण बन्द गर, जनताको स्वास्थ्य माथि खेलबाड गर्न बन्द गर लगायतका प्ले कार्ड लिएर स्थानीयले विरोध गरेका छन् । शान्तिपूर्ण आन्दोलन गरेको पाँचौँ दिन पुग्दा समेत सुनुवाइ नभएपछि पूर्व पटिको मूल गेटमा ताला लगाउन आफूहरू बाध्य भएको वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताउनुभयो ।

भुसे बोइलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, सहमति भएको पुरानो बोइलर हटाउनुपर्ने, बस्तीको नजिक प्लास्टिक पोल्न बन्द गर्नुपर्ने, इटिपि प्लान्ट ठुलो क्षमताको बनाउनुपर्ने, खरानी र पानीको प्रदूषणका कारण भएका पीडितहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

त्यस्तै औद्योगिक व्यवसाय ऐन २९७६ ले व्यवस्था गरेको तथा औद्योगिक व्यवसाय नियमावली २०७८ मा व्याख्या भए अनुसार सामाजिक जिम्मेवारीको बजेट कानुनले निर्दिष्ट गरे अनुसार पारदर्शी तवरबाट कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । उद्योग प्रशासनले प्रदूषण नियन्त्रण र आफूहरूको माग पुरा नगर्दा सम्म आन्दोलन जारी राख्ने समितिले जनाएको छ ।

देवचुली नगरपालिका-२ का वडाध्यक्ष शरद प्रसाद घिमिरेले चौधरी उद्योगको प्रदूषण नियन्त्रणका लागि पटक–पटकको सम्झौता पश्चात् पनि कुनै काम नभएको कारण पहिलो चरणको शान्तिपूर्ण आन्दोलन गरिएको बताउनुभयो ।

सी.जी.आइ.पिले समयमा नै भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषण नियन्त्रण नगरे पुनः आन्दोलनमा उत्रिने उहाँले चेतावनी समेत दिएको बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २०:३१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology