Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

लटौलीका चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग

लटौलीका चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
लटौलीका चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग
images

कालिका : रोटरी क्लव अफ रत्ननगरले चेपाङ विद्यार्थीहरुलाई शैक्षिक तथा न्यानो कपडा सहयोग गरेको छ ।

कालिका नगरपालिका वडा नं ९ मा अबस्थित राष्ट्रिय आधारभूत विद्यालय लटौलीमा अध्यायनरत ११० जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित जाडोमा लगाउने न्यानो तथा लत्ता कपडा वितरण गरेको हो ।

लत्ताकपडा भने रोटरी क्लव अफ अष्टे«लियाले प्रदान गरेको हो । चेपाङ विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, ईलेजर, जाडोको न्यानो कपडा, विद्यार्थीहरुलाई ब्ल्याङकेट प्रदान गरिएको रोटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले जानकारी दिइन् ।

रोटरी क्लबले बालबालिकाका अभिभावकहरुलाई समेत सहयोग गरेको छ । चेपाङ समुदायका २० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई ब्याल्यकेट, हाईजेनिक सेनिटरी प्यााड समेत वितरण गरिएको उनले जानकारी दिइन् ।

रोटरी क्वल अफ रत्ननगरले सन २००९ देखि उक्त विद्यालयमा भौतिक पूर्वाधार निर्माण, खानेपानी र चेपाङ विद्यार्थीहरुको शिक्षाको लागि बार्षिक रुपमा सहयोग गर्दै आएको छ ।

रोटरीले उक्त विद्यालयमा अध्यायन गर्ने चेपाङ विद्यार्थीहरुलाई एक बर्ष सम्म अभाव नहुने गरी एकमुष्ट रुपमा शैक्षिक सहयोग, न्यानो तथा लत्ता पकडा सहयोग गरेको अध्यक्ष सापकोटाले बताइन् ।

कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्वअध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारीहरु, प्राचार्य, स्पाउस क्लव अफ रत्ननगरका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु, रोट्याक्ट क्लवका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु, अष्टे«लियन रोटरीका अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रोटरी क्वल अफ रत्ननगरकी अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम पूर्वअध्यक्ष विष्णुशर्मा भूषालले सञ्चालन गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २०:५२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology