Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

सम्भावित इच्छाकामना जेसिजद्वारा तामिनका बालबालिकालाई न्यानो कपडा वितरण

सम्भावित इच्छाकामना जेसिजद्वारा तामिनका बालबालिकालाई न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
सम्भावित इच्छाकामना जेसिजद्वारा तामिनका बालबालिकालाई न्यानो कपडा वितरण
images

मुग्लिन ।  सम्भावित  इच्छाकामना जेसिजले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ तामिनमा रहेको आधारभूत राष्ट्रिय विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर ट्राउजर र टोपी वितरण गरेका  हुन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचनको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेका हुन् । वडाध्यक्ष शेरचनले बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरेकोमा प्रस्ताजिवत जेसिज इच्छाकामनालाई धन्यवाद दिनुभयो । साथै उहाँले सरसफाईमा पनि ध्यान दिन अभिभावक तथा बालबालिकाहरुलाई आग्रह गर्नुभयो ।

IMG_79661732553444.jpeg

प्रस्तावित जेसिज इच्छाकामनाका अध्यक्ष गोमा लुइँटेलले सहयोग भन्दा पनि माया साट्न आएको बताउनुभयो । उहाँले आगामी दिनमा जेसिजले सामाजिक कार्यहरु गर्दे जाने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायव निरिक्षक अशोक बस्नेतले सडक सुरक्षाका बारेमा जनचेतनामुलक भनाइहरु राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर राना,विद्यालयका प्रधानाध्यापक सञ्जिव सिलवाल, समाजसेवी रामप्रसाद बोहोरा , शिक्षक अभिभावक लगायतको उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २२:४५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology