आँबुखैरेनी, २ फागुन । तनहुँको आँबुखैरेनी बजार चोकमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ। दुर्घटना परि मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षया अन्वेषा पौडेल रहेको खुलेको हो।
मृतक पौडेल पोखरामा कक्षा १२ मा अध्ययनरत रहेको र आज बिहान चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्र्टमार्टमको लागि दमौली पठाईएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकाश थापाले बताउनुभयो। यस्तै घाईते हुनेमा युवराज घिमिरे रहेको छ।
मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खादा दुर्घटना भै पछाडि बसेका महिलाको मृत्यु भएको थियो, भने मोटरसाईकल चालक सामान्य घाईते भएका थिए।