Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको दाबी माथि रिट निवेदककर्ताले उठाए प्रश्न 

ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको दाबी माथि रिट निवेदककर्ताले उठाए प्रश्न 

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको दाबी माथि रिट निवेदककर्ताले उठाए प्रश्न 
images

काठमाण्डौ, २ फागुन । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सरकारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको दाबी माथि रिट निवेदककर्ताले प्रश्न उठाएका छन् । 
रिट निवेदक तर्फको जबाफी बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानलेले प्रधानमन्त्रीको तर्फबाट  बहस गर्ने वकिलले ओलीलाई श्री ३ को जत्तिकै अधिकार रहेको दाबी गरेपनि त्यस्तो व्यवस्था संविधानमा देखाउन चुनौति दिनुभएको छ । संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्रीले विघटन गर्न पाउँछ भन्ने व्यवस्था छ तर संसदीय प्रक्रिया पुरा गरेर मात्रै विघटनमा जान पाइन्छ, उहाँले भन्नुभयो विपक्षी वकिलले प्रधानमन्त्रीमा श्री ३ को अधिकारको छ भन्नु भयो, त्यो श्री ३ को अधिकार कुन धारामा छ ?  
प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथिको बहसका क्रममा अधिवक्ता रामचन्द्र गौतमले ओलीलाई  उहिलेका राजा महाराजा र श्री ३ लाई जत्तिकै अधिकार दिएको दाबी गर्नुभएको थियो । तर न्यौपानेले निवेदकले त्यसको प्रतिवाद गर्दै विपक्षीले उठाएको धारा ७४, ७५, ५७ र ५८ अप्रासंगिक रहेको पनि जिकिर गर्नुभयो  ।  
यसअघिको बहसका क्रममा न्यायाधीश अनिल कुमार सिन्हाले ‘दलहरु नै किन मुद्दा बोकेर आएनन् वकिलहरु मार्फत मात्रै मुद्दा दर्ता भए ? भन्दै गरेको प्रश्नमा पनि उहाँले जबाफ दिदै यो सार्वजनिक चासोको विषय भएको र यसमा आफुहरु आउन पाउँने बताउनुभएको थियो ।  
यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कसको नेतृत्वको हो भनि इजलासमा प्रश्न गर्नुभयो । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज देखि सुरु भएको रिट निवेदकतर्फको जबाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा. दीनमणि पोखरेललाई यसबारे प्रश्न गर्नुभएको हो ।  अहिलेका प्रधानमन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ? जबाफमा पोखरेलले नेकपाको सरकार भएको बताउनुभएको थियो  ।  
राणाले फेरि जब नेकपाको बहुमत छ, संसदीय दल छ, धारा ७६ को १ अनुसारको प्रधानमन्त्री भएपछि सोही धाराको उपधारा २, ३ र ५ को अवस्था कहाँबाट देख्नुभयो तपाईँले ? भनेर प्रश्न गर्नुभयो ।  यसबारे न्यायाधीश तेजबहादुर केसीले ‘ओली भन्दा बहुमतको अर्को सरकार कसरी बन्छ त ?भनेर सोध्नुभएको थियो ।  जबाफमा पोखरेलले न्यायाधीशहरुको बुझाइमा फरक परेको जिकिर गर्नुभयो  । 

images
images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १८:४५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology