Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रचण्ड – नेपाल पक्षले ग¥यो थप आन्दोलनको घोषणा 

प्रचण्ड – नेपाल पक्षले ग¥यो थप आन्दोलनको घोषणा 

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
प्रचण्ड – नेपाल पक्षले ग¥यो थप आन्दोलनको घोषणा 
images

काठमाण्डौ, २ फागुन । नेकपाको प्रचण्ड – नेपाल पक्षले थप आन्दोलनको घोषणा गरेको छ ।  पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड – नेपाल पक्ष आन्दोलनमा छ । यो पक्षले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो । काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो । आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै समुहले थप आन्दोलनका कार्यक्रम ल्याएको हो ।  
प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार प्रतिनिधि सभा विघटन सच्याउन थप आन्दोलन गर्न लागिएको छ । संवैधानिक निकायमा गरिएका नियुक्ति खारेज गर्न पनि आन्दोलन गर्नु परेको उहाँले बताउनुभयो ।  फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने,  फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेकपाको यो समुहले बताएको छ ।  फागुन ७ मा सबै वडामा विरोध गर्ने पनि जानकारी उहाँले जानकारी दिनुभयो । यस्तै, फागुन ७ देखि १५ गते सम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम पनि यो समुहले राखेको छ ।  

images
images

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १८:४७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology