आँबुखैरेनी, ३ फागुन । तनहुँको आँबुखैरेनीमा पनि कोरोना खोप लगाईने भएको छ। आँबुखैरेनीमा तेस्रो चरण अन्तर्गत आज र भोली कोरोना खोप लगाउने भएको हो।
यसका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। शाखा प्रमुख उपाध्यायका अनुसार आँबुखैरेनीमा करिब २ सय जनालाई खोप लगाउने तयारी भैरहेको छ।
विशेष गरेर आज र भोली लगाईने खोपमा पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मीहरुलाई लगाईनेछ। त्यस्तै यसपटक स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, निजामती कर्मचारीहरु, प्रहरी, बैंक वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकारहरु लगायतले लगाईने उहाँले बताउनुभयो।