Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रथम भानु नगर महोत्सवको तयारी तिब्र

प्रथम भानु नगर महोत्सवको तयारी तिब्र

images
प्रथम भानु नगर महोत्सवको तयारी तिब्र
images

भन्सार । भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सवको तयारी तिब्र पारिएको छ ।

यहि पौष ९ देखि १९ गतेसम्म संचालन हुने महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । पर्यटन, कृषि घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्वेश्यले महोत्सवको तयारी गरिएको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले जानकारी दिए ।

उनका अनुसार एक लाख बढी पर्यटकको आवागमन हुनुका साथै ६४ लाख रुपैयाँको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको छ ।

उनका अनुसार महोत्सवबाट बचत भएको रकमले भानु नगर उद्योग वाणिज्य संघको निर्माणधीन भवन निर्माण कार्यमा खर्चिने योजना रहेको छ । महोत्सवमा औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला, मास एवं अदुवा, ताजा तरकारी बिक्री तथा प्रदर्शनी एवं खाना महोत्सव, रमाइलो मेला, चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता, आदिवासी जनजातिय भेषभूषा, झाँकी तथा संस्कृति भल्किने कार्यक्रम रहने बताइएको छ ।

महोत्सवमा विभिन्न खानाका स्टल, कृषि उत्पादनका बिक्री, विभिन्न अटो कम्पनीका शोरुम, सूचना केन्द्र, प्राथामिक उपचार केन्द्र, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी एवं बिक्री कक्ष लगायतका एक सय २० वटा स्टल रहने छन् ।

यस्तै मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताएका छन् ।

images
प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - ११:५२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology