Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आन्तरिक राजस्व कार्यालय तनहुँद्वारा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय तनहुँद्वारा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन

images
आन्तरिक राजस्व कार्यालय तनहुँद्वारा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन
images

अमरराज नहर्की

तनहुँ, पुस ४ गते । आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत डा.लालबहादुर क्षेत्रीले विभागले ४ अर्ब ५० करोड ५३ लाख ७५ हजार लक्ष्य दिएकोमा पाँच अर्ब छ करोड ६९ लाख ४२ हजार राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो ।

सङ्कलित राजस्व ११२ प्रतिशत हो । गत वर्षभन्दा यस वर्ष राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । सूचना अधिकारी तथा कर अधिकृत ठाकुरप्रसाद सुवेदीले गत आर्थिक वर्षको भन्दा ६८ करोड ६४ लाख ७४ हजार अर्थात १५।६७ प्रतिशत बढी राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०-०८१ मा मङ्सिर सम्ममा पाँच अर्ब ६८ करोड ५२ लाख लक्ष्य राखिएकोमा चार अर्ब ३८ करोड चार लाख ८० हजार सङ्कलन भएको थियो ।

सुवेदीले भन्नुभयो, "यसवर्ष अर्थतन्त्रमा सुधार भई आर्थिक चहलपहलमा वृद्धि हुँदा गत वर्षभन्दा १५ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको छ ।’ सुवेदीका अनुसार विभागले चालु आवका लागि यस कार्यालयलाई १४ अर्ब तीन करोड ३४ लाख ४७ हजारको लक्ष्य दिएको छ ।

जिल्लामा हाल ८२ हजार चार सय ७३ करदाता छन् । तीमध्ये २४ हजार सात सय १३ व्यवसायी, ५२ हजार सात सय १३ व्यक्तिगत र दुई हजार पाँच सय ९४ अन्तःशुल्क छन् । त्यस्तै भ्याटमा दर्ता भएका दुई हजार तीन सय १४ छन् ।" राजस्व वृद्धिमा टेवा पुर्‍याउन उत्कृष्ट करदाता र तथा कर्मचारीलाई पुरस्कृत गर्ने र करदाता शिक्षालाई व्यापकता दिइएको कार्यालयले जनाएको छ ।

धेरै कर तिर्ने तनहुँको गणपति लघुवित्त, लमजुङको पराजुली कन्ट्रक्सन, गोरखाको मिष्ट बि प्रालि, मनाङको ग्यालसुङ्दो कन्ट्रक्सन प्रालि र उत्कृष्ट कर्मचारीमा आन्तरिक राजस्व कार्यालय तनहुँका नायब सुब्बा कमल तामाङलाई एक महिना अघि सम्मान गरिएको प्रमुख कर अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।

कर सप्ताहको अवसरमा सम्मान गरिएको थियो । यस कार्यालयको सेवा क्षेत्र तनहुँका अतिरिक्त गोरखा, लमजुङ र मनाङ छ ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - १५:२१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology