Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सगरमाथा चढेका आँबुखैरेनीका प्रकाश गुरुङ 

सगरमाथा चढेका आँबुखैरेनीका प्रकाश गुरुङ 

images
सगरमाथा चढेका आँबुखैरेनीका प्रकाश गुरुङ 
images

प्रकाश गुरुङ तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ का स्थायीवासी हुन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ लागेका उनी सन् २०१४ देखि ¥याफ्टिङ र ट्रेकिङ पेशामा आवद्ध भए । एक वर्षपछि सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिन थाले । त्यसपछि उनले पर्वतारोहण क्षेत्रलाई नै जीवन धकेल्ने पेसाको रूपमा अङ्गाल्न थाले । 

पर्वतारोहणको प्रशिक्षण सकिएपश्चात माउन्टेन गाइडको काम सुरु गरेका उनले अहिलेसम्म थुप्रे हिमालका चुचुरा चुमिसकेका छन् । साना–ठूला गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरुको सफल आरोहण गरिसकेका प्रकाशले मनास्लु र विश्वकै सर्वोच्च शिखर सगरमाथामा समेत पाइला राखिसकेका छन् । 

उनको सगरमाथा आरोहणसँगै आँबुखैरेनीको मात्र नभई तनहुँ जिल्लाकै पहिलो सगरमाथा आरोहीको रुपमा उनले आफ्नो नाम दर्ज गरेका छन् । सुरुवातका दिनमा शेर्पा समुदायको वर्चस्व रहेको पर्वतारोहण पेशामा धेरथोर कठिनाइ झेल्दै आएका उनी हाल प्रतिष्ठित पर्वतारोहण गाइड बन्न पुगेका छन् । 

जीवनलाई नै जोखिममा राखेर देशको पर्यटन प्रवद्र्धनमा सेवा गरिरहेका उनी आँबुखैरेनीलाई पनि पर्यटनको हब बनाउन सक्ने धारणा राख्छन् । उचित प्रवद्र्धन र पूर्वाधार विकास योजनाले आँबुखैरेनीको पर्यटनलाई समृद्धि बनाउन सकिने उनको बुझाइ छ । 

कालन्तरसम्म पनि यही पेसामा रमाउने योजना बनाएका उनी पर्यटन प्रवद्र्धनबाटै देशलाई आर्थिक विकासको बाटोतर्फ डो¥याउन सकिने बताउँछन् । पर्वतारोहण क्षेत्रमा इन्स्ट्रक्टरसम्म रहेका उनी गाउँले दाजुभाइहरुले यस क्षेत्रमा इच्छा राखे सबैकुरा जानकारी गराउँछन् । 

आफ्नो जीवनलाई नै दाउमा राखेर देशको पर्यटन क्षेत्रमा लागेका उनले अप्रत्यक्षरुपमा नेपाललाई विश्वसामु चिनाउँदै आइरहेका छन् । आँबुखैरेनीको पहिचानलाई देश दुनियाँमा स्थापित गराउन सफल भएकोमा उच्च मूल्याङ्कन गर्दै इच्छाकामना न्युज डटकमले संस्थाको सातौँ वार्षिकोत्सवको अवसरमा ‘इच्छाकामना न्युज सम्मान–२०८१ बाट सम्मान गर्न पाउँदा गर्वको महसुस गरेका छौँ । 

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ०८:४८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology