Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इशानेश्वर महादेवको प्रचार ज्यादा गरौँ ः मुख्यमन्त्री गुरुङ

इशानेश्वर महादेवको प्रचार ज्यादा गरौँ ः मुख्यमन्त्री गुरुङ

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
इशानेश्वर महादेवको प्रचार ज्यादा गरौँ ः मुख्यमन्त्री गुरुङ
images


लमजुङ फागुन,४। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ऐतिहासिक तथा धार्मिक इशानेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार यस मन्दिर परिसरमा धर्मशाला भवनको शिलान्यास गर्दै यस मन्दिरको विशेषताका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।उनले माधव र प्रचण्डले सत्ता र कुर्सीका लागि आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई अविश्वासको मत प्रस्ताव गर्दै हटाउने खेलले गर्दा संसद् विघटन हुन पुगेको बताए ।

images
images

देश र जनताको लागि काम गरिरहेको, देश समृद्धितर्फ अघि बढाउँदै गएको प्रधानमन्त्रीलाई हटाउने खेलले गर्दा देश समृद्ध बनाउन बाधा नपुगोस् भनेर संसद् विघटन गरेर निर्वाचन गर्न लागेको र निर्वाचनले नै राजनीतिक स्थिरता, सरकारको स्थिरता र देश समृद्ध हुने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘‘यसका लागि आगामी हुने निर्वाचन हुन जरुरी रहेको र निर्वाचन निर्धारित मितिमै हुने छ ।’’त्यस्तै, संसद विघटन विरुद्धमा सर्वोच्चमा मुद्धा परिसकेको र सर्वोच्चलाई स्वतन्त्र रुपमा काम गर्न नदिई धम्की दिने क्रियाकलाप गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।मन्दिर परिसरमा निर्माण हुन लागेको धर्मशाला भवनको लागि प्रदेश सरकारले रु ५० लाख विनियोजित गरेको छ । यस बजेटले यस आर्थिक वर्षभित्रै सक्ने गरी आठ वटा कोठाको एक तले भवन निर्माण हुने इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका कोषाध्यक्ष गजेन्द्रराज घिमिरेले बताए । प्रदेशले आगामी आवमा पनि बजेट उपलब्ध गराउने र सोही रकमले भवन थप गर्दै जाने उनको भनाइ छ 

यहाँ प्रत्येक वर्षको शिव रात्रिमा सन्तान प्राप्तिका लागि एक हजार ५ सयदेखि दुई हजार जनाले ठाडो बत्ती बाल्ने गरेको समितिले जनाएको छ । समितिकाअनुसार यहाँ सतीदेवीको दाइने तिघ्रा पतन भएको श्रीस्वास्थानी ब्रत कथामा उल्लेख छ । यसलाई इशानेश्वर महादेवबाट र सन्तानेश्वर महादेवको रुपबाट परिचित छ । यस मन्दिरमा सन्तान नभएका महिलाले शिवरात्रिमा रातभरी ठाडो बत्ती बालेर बसेमा सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - ११:३५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology