Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपालबारे भारतको सधैँ दुष्प्रचार

नेपालबारे भारतको सधैँ दुष्प्रचार

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
नेपालबारे भारतको सधैँ दुष्प्रचार
images


काठमाडौं फागुन,४।भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।

images
images


नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण टिप्पणी गर्ने देव पहिलो भारतीय राजनीतिज्ञ होइनन् । भारतको राजनीतिक वृत्तमा बौद्धिक र नेपाल मामिलाका विशेष जानकार राजनीतिज्ञको परिचय बनाएका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको संस्मरणात्मक पुस्तक ‘द प्रेसिडेन्सिअल इअर्स’ मा समेत नेपालसम्बन्धी तथ्यहीन र दुष्प्रचारपूर्ण सामग्री समावेश छ । उनको पुस्तकमा नेपालका तत्कालीन राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूसमक्ष नेपाललाई भारतको एउटा प्रान्त बनाउन अनुरोध गरेको उल्लेख छ । 


भारतीय पक्षबाट नेपालको स्वाधीनता र सम्प्रभुतामाथि प्रश्न उठाउँदै दुष्प्रचार गर्ने काम विगतदेखि नै हुँदै आएको छ । विगतका केही घटना केलाउने हो भने त्यस किसिमका दुष्प्रचारलाई सघाउन भारतीय सञ्चारमाध्यमहरूको भूमिका अहम् रहेको पुष्टि हुन्छ । सन् २००० मा भारतको प्रतिष्ठित खबरपत्रिका इन्डिया टुडेले ‘द नेपाल गेम प्लान’ भन्ने लेख छाप्यो ।


भारतीय खुफिया एन्जेसी रअको रिपोर्टमा आधारित उक्त लेखमा नेपाललाई आतंकवादीको स्वर्गकै रूपमा चित्रण गरिएको थियो । त्यस रिपोर्टमा आधारित भएर पत्रिकाले सुशील कोइरालालगायत नेपाली राजनीतिज्ञदेखि केही चिनिएका पत्रकारलाई समेत पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग सम्बन्ध रहेको लेखेको थियो । तर, उक्त लेखका विषयमा पनि नेपालले कुनै प्रतिवाद गरेन ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - ११:४२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology