Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

९३ जना मगर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

९३ जना मगर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

images
९३ जना मगर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
images
भरतपुर । नेपाल मगर विद्यार्थी अक्षयकोषमार्फत नेपाल मगर संघ चितवनको १८औँ अधिवेशनको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर तथा संघका केन्द्रीय सहअध्यक्ष गङ्गा खासुमगरको उपस्थितिमा ९३ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।
 
अक्षयकोषबाट करिब ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको अक्षयकोषका अध्यक्ष निर्मल हन्चिङ मगरले जानकारी दिए। ४७ वटा प्रारम्भिक इकाइका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए। करिब डेढ दशकअघि स्थापना भएको अक्षयकोष कोषको रकम हाल आठ लाख ५० पुगेको छ।

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - २२:१०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology