Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सरस्वती पूजाको दिन भरतपुरस्थित विशालचोकमा रिभल फिटनेश सेन्टरको शुभारम्भ

सरस्वती पूजाको दिन भरतपुरस्थित विशालचोकमा रिभल फिटनेश सेन्टरको शुभारम्भ

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
सरस्वती पूजाको दिन भरतपुरस्थित विशालचोकमा रिभल फिटनेश सेन्टरको शुभारम्भ

भरतपुर, ४ फागुन । “जिम फर हेल्थ” भन्ने मूल नाराको साथ सरस्वती पुजाको दिनदेखि भरतपुरस्थित विशालचोकमा रिभल फिटनेश सेन्टरको शुभारम्भ गरिएको छ । रिभल फिटनेश सेन्टरका प्रोपाइटर सुरज लामाको सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा चितवन फिजिकल फिटनेशका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रमुख गुरुङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा चितवनका युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ, युवा व्यवसायी प्रदिप वाग्ले, उज्यलो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.का अध्यक्ष एवं पत्रकार राजु भट्ट, समाजसेवीहरु दिनेश गुरुङ, पूर्ण गुरुङ रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङले चितवनको मध्य भागमा शुरु भएको रिभल फिटनेश सेन्टरको पूर्ण सफलताको कामना समेत गर्नुभयो । जिम हाउसहरु जति धेरै मात्रमा सञ्चालनमा आउँछन् त्यति नै हामी जिम सञ्चालकहरु व्यवसायिक हुँदै जान्छौ, त्यसकारण नयाँ आउने साथीहरुले ढुक्क भएर आफ्नो व्यवसायिक यात्रालाई अगाडि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु उहाँले भन्नुभयो ।received_331976398170268.jpeg त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राकेशमान श्रेष्ठले सबैभन्दा पहिले आफु केका लागि जिम गर्दैछु भन्ने कुरामा स्पष्ट हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जिम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दियौ भने हामीले आफ्नो शरीरलाई मजबुत गर्नुका साथै रोगसँग लड्ने क्षमताको विकास गर्न सकिने बताउनुभयो । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरुलाई रिभल फिटनेश सेन्टरका सञ्चालिकाहरु सुनिता लामा र विनिता श्रेष्ठले खादा ओढाएर स्वागत गर्नुभएको थियो । करीब ४० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको जिम सेन्टरमा जिमसँग सम्बन्धि कोर्डियो, एरोविकका कक्षाहरु सुचारु गरिएका छन् । शुभारम्भ कार्यक्रमलाई रिभल फिटनेश सेन्टरका सञ्चालक राजकुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

images

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १५:२०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology