Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ट्राफिक प्रहरी कार्यालय मुग्लिनको पनि आफ्नै भवन बन्ने, इच्छाकामना गापा अध्यक्ष गुरुङले गरिन् शिलान्यास

ट्राफिक प्रहरी कार्यालय मुग्लिनको पनि आफ्नै भवन बन्ने, इच्छाकामना गापा अध्यक्ष गुरुङले गरिन् शिलान्यास

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
ट्राफिक प्रहरी कार्यालय मुग्लिनको पनि आफ्नै भवन बन्ने, इच्छाकामना गापा अध्यक्ष गुरुङले गरिन् शिलान्यास

मुग्लिन, ४ फागुन । ट्राफिक प्रहरी कार्यालय मुग्लिनको पनि आफ्नै कार्यालय भवन बन्ने भएको छ। त्रिवेणि युवा क्लब मुग्लिनको पुलजिपमा निर्माणधिन रहेको भवन सँगै ट्राफिक प्रहरी कार्यालय मुग्लिनको पनि कार्यालय भवन बन्ने भएको हो। निर्माण सुरु गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनको कार्यालय भवनको आज बिहान इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले शिलान्यास गर्नु भएको छ । भवन निर्माणका लागि गाउँपालिकाले पाँच लाख प्रदान गरिसकेको छ । IMG_20210216_203923.jpg केन्द्र, प्रदेश, स्थानीय सरकार तथा सहयोग संकलन गरी भवन निर्माण सम्पन्न गर्ने योजना रहेको सामाजिक अभियान्ता समेत रहेकी निर्माण समितिकी संयोजक सावित्री पुडासैनीले जानकारी दिइन । शिलान्यस कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट भवन निर्माणका लागि करिब ८० हजार बराबरको नगर तथा जिन्सी सहयोग प्राप्त भएको छ । दुइ तले भवन निर्माण गर्ने योजना रहेको भन्दै संयोजक पुडासैनीले सरकार र दाताहरुबाट सहयोग संकलन गरी भवन निर्माण गरिने बताइन । कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गुरुङले नागरिक सुरक्षाको लागि गाउँपालिका गम्भिर रहेको भन्दै सुरक्षाकर्मीको मनोबल बढाउने देखि पूर्वाधार निर्माणमा सहयोग गर्ने बताइन । निर्माण समितिकी संयोजक पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष कृर्तिकुमार श्रेष्ठ, वागमती ट्राफिक प्रहरी कार्यालयका एसपी शान्तिराज कोइराला,वडा नं ५ का वडाध्यक्ष मोदराज सिलवाल,नेकपाका जुनाराज भण्डारी,नेपाली काँग्रेसकी सृजना देवकोटा, त्रिवेणी युवा क्लवका सचिव कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । निर्माण समितिका सचिव विष्णु कुँवरले सञ्चालन गरेको सो कार्यक्रममा सहसचिव राजेन्द्र त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए ।

images

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - २०:४३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology