Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको आँबुखैरेनीमा दुई दिनमा २ सय ४७ जनाले लगाए कोरोनाको खोप

तनहुँको आँबुखैरेनीमा दुई दिनमा २ सय ४७ जनाले लगाए कोरोनाको खोप

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
तनहुँको आँबुखैरेनीमा दुई दिनमा २ सय ४७ जनाले लगाए कोरोनाको खोप

आँबुखैरेनी, ४ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकामा २ सय ४७ जनाले कोरोनाको खोप लगाएको छ। सरकारको तेस्रो चरणको कोरोना खोप लगाउने कार्यक्रम अन्तर्गत आँबुखैरेनीमा हिजो र आज दुई दिनमा २ सय ४७ जनाले कोरोनाको खोप लगाएको हो। FB_IMG_1613488462362.jpg खोप लगाउन सुरु गरिएको पहिलो दिन १ सय ३७ जनाले र दोश्रो दिन १ सय १० जना गरि दुई दिनमा २ सय ४७ जनाले कोरोना खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार १ सय ८४ जना पुरुष र ६३ जना महिलाले खोप लगाएका छन्। FB_IMG_1613488443365.jpg विशेष गरेर यसपटक आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल वडाध्यक्षहरु, कर्मचारीहरु लगायतले खोप लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो। यसपटक स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, निजामती कर्मचारीहरु, प्रहरी, बैंक वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकारहरु लगायतलाई खोप लगाईएको उहाँले बताउनुभयो।

images

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - २१:००:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology