गोरखा – नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) गण्डकी गाउँपालिकाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष मिलन मग्राति (सङम) को अध्यक्षता र गन्डकी प्रदेश सचिवालय सदस्य तथा गण्डकी गाउँपालिका अध्यक्ष कमरेड दिपक तिमिल्सिना (साकार) को प्रमुख आतिथ्यतामा बैठक गत शनिबार गण्डकी गाउँपलिकाको वडा न ८ सिउरेनीटारमा सम्पनन भएको हो । बैठकमा ८ वटा वडाको पार्टी अध्यक्ष लगायतको उपस्थिति थियो । बैठकमा तेस्रो पालिका सम्मेलनको समिक्षाको साथै भावि योजना निर्माण विषयमा समेत घनिभुत रुपमा छलपफल भएको पालिका पार्टीका उपाध्यक्ष एव गण्डकी गाउँपालिका वडा न ५ का अध्यक्ष पहलमान वयलकोटी (पवन) ले इच्छाकामना न्युजलाई बताए । गण्डकी गाउँपालिकाको माओवादी केन्द्रको तेस्रो सम्मेलन गत मंसिर २९ गत्ते सम्मपन्न भएको थियो । 