गोरखा,२३ असोज । गोरखाको गण्डकी गाउँपालिका ६ मा रहेका विद्यालयका विद्यार्थीहरुका लागि ७ हजार सर्जिकल मास्क सहयोग प्राप्त भएको छ । नमस्ते किड्स नेपालले वडा अध्यक्ष जिवन गुरुङ मार्फत उक्त मास्क सहयोग गरेका हुन् । नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङ र संस्थाका सल्लाहकार रामबाबु गुरुङले वडा कार्यालयमा पुगि अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए ।
वडाध्यक्षजीवन गुरुङले किड्स नेपालका अध्यक्ष सगुन गुरुङ र संसथाका सल्लाहकार रामबाबु गुरुङलाई कोरोना कोभिड–१९ को महामारीको समयामा मास्क सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
किड्स नेपाल र अध्यक्ष सगुन गुरुङले संस्थागत तथा व्यक्तिगत रुपमा गण्डकी गाउँपाकिाभित्र विभिन्न सहयोगहरु गर्दे आएका छन् ।आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिइने अध्यक्ष गुरुङले बताउनुभयो ।