Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल जिर्ण बन्दै

देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल जिर्ण बन्दै

इच्छाकामना न्युज

१६, पौष २०८१
देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल जिर्ण बन्दै

देवघाट, पुस १६ । देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । दैनिक हजारौं जना आवत जावत गर्ने उक्त पुलको पत्ताको केही भाग उक्किएर बाँसको कप्टेरो राख्नु परेको छ । २०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ ।

images

उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजन सहित दैनिक ६ हजार भन्दा बढि संख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सन्चालन भएको दिनमा हजारौं भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौं स्थानीयहरुले दैनिक मोटरसाईकल समेत वारपार गर्ने कारणले पुल जिर्ण हुँदै गएको छ । माघे संक्रान्ति मेलामा त एकै दिन लाखौं भक्तजनले उक्त पुल मार्फत आवत जावत गर्छन् ।

देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले त्रिशुलीको झोलुङ्गे पुलले अव धान्न नसक्ने बताए । २०३७ सालमा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक ६ हजार जना भन्दा बढिले आवत जावत गर्ने र सयौं मोटरसाईकल वारपार गर्ने पौडेलले बताए । देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुराको पुल, दासढुङ्गको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।

निर्माण भएयताको यो ४४ वर्षमा करिब २ करोड जनाले उक्त पुलबाट आवत जावत गरेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुन सक्ने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अव उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नु पर्ने विषयमा सस्पेन्सन बृज डिभिजन कार्यालयलाई जानकारी गराईएको बताए । देवघाट जान तिन वटा मोटरेवल पुल सन्चालनमा आईसकेको हुँदा अव उक्त पुलबाट मोटसाईकल सन्चालनमा रोक लगाउनु पर्ने अध्यक्ष थापाले बताए । यस अघि एक पटक आफुले सार्वजनिक कार्यक्रममा उक्त पुलमा मोटरसाईकल आवत जावतमा रोक लगाउनु पर्ने कुरा उठाएपनि आफुलाई धेरै दवाव आएको बताए । पुलमा मोटसाईकल सन्चालनमा रोक लगाउन गाउँपालिकाले नसक्ने हुँदा यसकोलागि स्थानीय प्रशासनले नै पहल लिनुपर्ने अध्यक्ष थापाले बताए ।

 

देवघाटका सामाजिक अगुवा बलबहादुर क्षेत्रीले पनि जतिसक्दो चाँडो उक्त पुलबाट मोटसाईकल आवतजावतमा रोक लगाउनुपर्ने बताए । नत्र कुन दिन ठुलो दुर्घटना हुन्छ भन्ने निश्चित नभएको उनले बताए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुल जिर्ण भएको बारेमा गत मंसिरमै सस्पेन्सन बृज डिभिजन कार्यालयलाई जानकारी गराई सकिएको बताए । अव माघे संक्रान्ति मेलाको लागि अनिवार्य रुपमा पुल मर्मत गर्नुपर्ने भन्दै उनले पुल विभागबाट प्राविधिक नआए आफुहरुले नै अस्थायी रुपमा पुल मर्मत गर्ने उनले बताए ।

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - २२:४६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology