Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मर्मतको लागि फिस्लिङ–भुम्लिचोक सडक बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मर्मतको लागि फिस्लिङ–भुम्लिचोक सडक बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

इच्छाकामना न्युज

१९, पौष २०८१
मर्मतको लागि फिस्लिङ–भुम्लिचोक सडक बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
images

गण्डकी । गोरखाको गण्डकी गाउँपालिका–६ अन्तर्गत पर्ने फिस्लिङ – आग्रीडाँडा हुँदै भैरबी जाने सडक खण्ड भोलि शनिबारदेखि बन्द हुने भएको छ । गाउँपालिकाको–वडा नम्बर ६ अन्तर्गत फिस्लिङ–आग्रीडाँडा–हुँदै भैरबीसम्मको झण्डै ३ किलोमिटर सडक शनिबारदेखि अर्को सूचना नआएसम्म लागि सडक बन्द रहने गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेनाले जानकारी दिनुभयो ।

images
images

उहाँका अनुसार गण्डकी गाउँपालिका र सङ्घीय समपुरक कोष योजना आयोगको चार करोड ६८ लाख रुपियाँमा लागतको संयुक्त साझेदारीमा सडक कालोपत्रे गर्ने काम भएकाले पृथ्वी राजमार्गअन्तर्गत फिस्लि–आग्रीडाँडा हुँदै भैरबी जाने सवारी आवगमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिकबाट सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

यसका कारण गाउँपालिकादेखि फिस्लिङ जाने यात्रुलाई केहि दिनका लागि असहज हुने भएको छ । कालेपत्रेपछि फस्लिङ आग्रीडाँडा हुँदै भैरबीसम्म आवतजावत गर्न सहज हुने विश्वास गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

बाटोका कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २०:५५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology