Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सहिद लखनद्धारा Asia Vovinam Championships 2024 रजतपदक विजेता श्रेष्ठलाई सम्मान

सहिद लखनद्धारा Asia Vovinam Championships 2024 रजतपदक विजेता श्रेष्ठलाई सम्मान

इच्छाकामना न्युज

२३, पौष २०८१
सहिद लखनद्धारा Asia Vovinam Championships 2024  रजतपदक विजेता श्रेष्ठलाई सम्मान

गोरखा। सहिद लखन गाउँपालिकाले   Asia Vovinam Championships 2024 का रजतपदक विजेता  सहिद लखन गाउँपालिका ८ बुङ्कोटका विनोद श्रेष्ठलाई सम्मान गरेको छ । यही १७ डिसेम्बरमा  इन्डोनेसियाको बालिमा सम्पन्न5th Asia Vovinam Championships 2024 मा Mixed Martial Arts तर्फ ७० केजी समूहको विद्यामा नेपालबाट प्रतिनिधित्व गरि रजत पदक हासिल गर्दै सिंगो देश र गाउँपालिकाको गरिमा बढाएको भन्दै गाउँपालिकाले सम्मान गरेका हुन् । श्रेष्ठलाई सोमबार एक कार्यक्रमकाबिच सम्मान गरिएको हो ।  गाउँपालिका अध्यक्ष रमेश बाबु थापाले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर लगायतको उपस्थिति रहेको थियो । 

images
 

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १३:२०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology