आँबुखैरेनी, २४ पौष । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड आँबुखैरेनी शाखाले मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरेको छ ।
कम्पनीले आँबुखैरेनी गाउँपालिका वडा नं. ३ , मिलनचोक निवासी स्वर्गिय अशोक कुमार श्रेष्ठको परिवारलाई बीमा बापत २१ लाख ३३ हजार ७०० रुपैयाको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीका शाखा प्रमुख सविता भट्टराई, एजेन्सी म्यानेजर भोल गंगाजु, वडा नं. ३ का वडा सदस्य मनोजकुमार श्रेष्ठ लगाएतको रोहवरमा उक्त रकम स्वर्गिय श्रेष्ठकी पत्नी सिता श्रेष्ठलाई हस्तान्तर गरिएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड आँबुखैरेनी शाखाले जनाएको छ ।बिरामीका कारण मृत्यु भएका अशोक कुमार श्रेष्ठले आँबुखैरेनी शाखामा १९ लाखको बीमा गराएका थिए ।
उनले २ बर्षको बीमा शुल्क २ लाख ८८ हजार रुपैंया भुक्तानी गरेको शाखा प्रमुख सविता भट्टराईले जानकारी दिए ।