रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । केही दिनयता शीतलहरका कारण चिसो बढेपछि विद्यालयहरुमा जाडो बिदा दिइएको हो ।
नगरपालिकाले पुस २५ गतेदेखि माघ २ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय एक साता बिदा दिएको छ । पछिल्लो समय जाडो बढेपछि पठनपाठनमा समस्या भएको भन्दै बुधबार एक सूचना सार्वजनिक गर्दै नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको हो ।
अहिले बिहानको समयमा बाक्लो हुस्सुसँगै शीतलहर भइरहेको छ भने चिसो हावासँगै दिउँसोको समयमा पनि घाम नलाग्दा विद्यालयका बालबालिकाहरु प्रभावित भइरहेकाले एक साता बिदा दिएको नगरशिक्षा शाखा प्रमुख गंगाधर रिमालद्वारा जारी सूचनामा जनाइएको छ ।