Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शहिदलखन गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सम्पन्न

शहिदलखन गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सम्पन्न

इच्छाकामना न्युज

२६, पौष २०८१
शहिदलखन गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सम्पन्न
images

गोरखा, पुष २६ । शहिदलखन गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

images
images

गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँ सभा तथा १६ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकमा गाउँपालिकाका उपध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ नं वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु, न्यायिक समितिका सदस्य, गाउँ सभा सदस्यहरु, विषयगत शाखाका प्रमुख, कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बैठकले वन ऐन, २०७७ (पहिलो संशोधन) र आ.ब. २०८१।०८२ को आर्थिक विधेयक (पहिलो संशोधन) तथा विनियोजन विधेयक (पहिलो संशोधन) पारित गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - २०:२२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology