Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री

फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री

images

इच्छाकामना न्युज

२८, पौष २०८१
फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री
images

अमरराज नहर्की

तनहुँ, पुस २८ गते । फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री भएको छ । कम्पनीले आलु सिधै खरिद गरेर लैजाने सम्झौता भएकाले फल्नुअघि नै आलु बिक्री भएको हो । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र तनहुँ, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबिच सम्झौता भए अनुसार नै आलु बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच दुई महिनाअघि नै सम्झौता गरिएको थियो । 

तनहुँको घिरिङ गाउँपालिकाको गजरकोट, पुट्टार क्षेत्रमा उर्वरा कृषि समूहले एक सय रोपनी क्षेत्रफलमा लगाएको आलु खरिदका लागि सम्झौता गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, ढुवानी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ । 

कार्यक्रम अन्तर्गत ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । आलु लगाउने किसानलाई बिउमा ७५ प्रतिशत अनुदान रकम प्रदान गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रमाणित भएका खुमल उज्ज्वल, खुमल विकास, जनकदेव जातको आलु लगाइएको छ । उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने सम्झौता भएको केन्द्रले जनाएको छ ।

नेपालमा उत्पादन भएको आलुभन्दा भारतबाट आयात गरेको आलु सस्तो पर्ने भए पनि कम्पनी नेपाली किसानलाई प्रोत्साहनका लागि खरिद सम्झौता गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले बताउनुभयो ।

किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी दुई रुपियाँ प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने लामिछानेले जानकारी दिनुभयो । आलु लगाउनुपूर्व नै बजारको सुनिश्चित भएपछि अहिले समूह सहकारी आलु खेतीको विस्तारमा लागेको उहाँ बताउनुहुन्छ । 

खुमल उज्ज्वल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मैनियामा रहेको फस्र्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौतामा उल्लेख छ । गत वर्षदेखि कम्पनीले आलुबाट फ्रेन्च फ्राई, चिप्स उत्पादन गरिरहेको छ । त्यसका लागि खुमल जातको आलु उपयुक्त हुने केन्द्रले जनाएको छ । 

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १०:००:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology