Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, ५ वटा ऐन र स्थानीय पाठ्यक्रम स्वीकृत

शहिद लखन गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, ५ वटा ऐन र स्थानीय पाठ्यक्रम स्वीकृत

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
शहिद लखन गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, ५ वटा ऐन र स्थानीय पाठ्यक्रम स्वीकृत

घैरुङ, ६ फागुन । गोरखाको शहिद लखन गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा आज आठौ गाउँसभा सम्पन्न भएको हो। 
आज सम्पन्न गाउँसभाले ५ वटा विभिन्न ऐन र स्थानीय पाठ्क्रम स्वीकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँसभाले जुवा –नियन्त्रण तथा नियमन) ऐन २०७७, मदिरा (नियन्त्रण, व्यवस्थापन तथा नियमन) ऐन २०७७, जलस्रोत ऐन २०७७, वन ऐन २०७७, शिक्षा ऐन २०७५ (पहिलो संसोधन २०७७), स्वास्थ्य ऐन २०७५ (पहिलो संसोधन २०७७), गरी ५ वटा समसामयीक र आवश्यक ऐनहरु स्वीकृत गरेको छ। 
यस्तै आजैको गाउँसभाले गाउँपालिकाले तयार पारेको कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रम समेत स्वीकृत गरेको छ। योसँगै गाउँपालिकाले अब गाउँपालिका भित्रका स्थानीय विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्न सक्ने भएको छ। गाउँपालिकाले निर्माण गरेको पाठ्यक्रममा ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक, सम्पदा तथा क्षेत्रहरुको परिचय, स्थानीय जनजीवन, पेशा व्यवसाय, सामाजिक मूल्य मान्यता र प्रकोप तथा विपद् व्यवस्थापन लगायतका विषय क्षेत्रहरु समावेश गरिएका छन्।

images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - २०:४५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology