Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ महोत्सवमा मंगलबार ५५ हजार दर्शकले अवलोकन गरे

तनहुँ महोत्सवमा मंगलबार ५५ हजार दर्शकले अवलोकन गरे

images
तनहुँ महोत्सवमा मंगलबार ५५ हजार दर्शकले अवलोकन गरे
images

दमौली । नवौ तनहुँ महोत्सवमा सबैभन्दा धेरै मङ्गलबार दर्शकको भीड लागेको थियो । माघे सङ्क्रान्ति पर्व र सार्वजानिक बिदा भएकोले एकै दिन १२ हजार देखि १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिनुभयो ।

छैटौं दिन मङ्गलबार सम्ममा करीव ५५ हजार दर्शकले अवलोकन गरेको र दुई करोडको आर्थिक कारोबार भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवमा गायक सन्जिव सिंह रानाले धुलो उडाए यस्तै मङ्गलबार आर्कषणको केन्द्र बन्नुभयो चर्चित गायक सन्जिवसिंह राना । महोत्सवमा रानाले मुग्लिनको ‘बाटोमा धुलो उडाउँदै...’ बोलको गीत गाउँदा नाच्ने दर्शकको भीड लाग्दा महोत्सवमा धुलो उडेको थियो । गायक रानाले वान टु म पनि जान्छु , ए मेरो मामा बोलको गीत गाएर दर्शक नचाउनुभयो ।

गायक रानाले धन मागे त छैन मन मागेमा दिउँला बोलको गीतको भावुक गीत गाउनु भएको थियो । गायक रानाले यो गीत मञ्चबाट तल ओर्लिएर दर्शकसँग गाउनु भएको थियो । महोत्सवमा साँझ कुमार सागर व्याण्डको प्रस्तुति रहेको थियो ।

सातौ दिन गायक पशुपति शर्मा सहितको चर्चित कलाकार आउने यस्तै सातौ दिन चर्चित कलाकारहरुको प्रस्तुति हुने भएको छ ।

चर्चित गायक पशुपति शर्मा, कमेडिएन माकुरी, गायिका प्रीति आले, भीम विष्ट, कमेडियन सुन्दरमणी खनाल, गायिका शान्तिश्री परियार, गायक वसन्त विक र समृद्धि परियारको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ००:२४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology