Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा ५४ लाखभन्दा बढी राजस्व सङ्कलन

गोरखामा ५४ लाखभन्दा बढी राजस्व सङ्कलन

images
गोरखामा ५४ लाखभन्दा बढी राजस्व सङ्कलन
images

गोरखा, माघ ४ गते । गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको छ ।

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरीवाना गरी राजस्व रकम असुल उपर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख तारापति अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्ममा पाँच हजार ८ सय ३५ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल २ हजार ७ सय ६१, जिप, कार र भ्यान १ हजार २ सय ७२, ट्रक, टिपर ७ सय ४९, बस ६ सय ६३ वटा र ३ सय ७६ वटा टयाक्टर सवारीसाधन जरिवाना तथा कारबाहीबाट कुल ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख अर्यालले बताउनुभयो ।

गोरखामा अत्यधिक मात्रामा बिना लाइसेन्स सबारी साधन चलाउने, बिलबुक नबोक्ने र लापारबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख अर्यालको भनाइ छ ।

गोरखामा सबैभन्दा बढी कारबाही दुईपाङ्ग्रे मोटरसाइकललाई नियम उल्लङ्घन गरेबापत कारबाही गरेको पाइन्छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कसुर हेरी ५०० देखि ३००० सयसम्म जरिबाना गर्ने गरिएको छ ।

नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने चालकलाई सचेतना गरी पठाइएकाले पनि अझै कम सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - २२:४५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology