Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटधाममा पक्की पुल नहुँदा आवतजावत गर्न समस्या

देवघाटधाममा पक्की पुल नहुँदा आवतजावत गर्न समस्या

देवघाटधाममा पक्की पुल नहुँदा आवतजावत गर्न समस्या

देवघाट । तनहुँको देवघाट गाउँपालिका–५, देवघाटधामको दर्शन गर्न जाने भक्तजन तथा स्थानीयलाई पक्की पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । बर्सौंअघि बनेको झोलुङ्गे पुल जीर्ण हुनु तथा पक्की पुल नहुँदा सास्ती भए पनि समाधानका लागि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

images

चितवनको भरतपुरबाट तनहुँको देवघाट गाउँपालिका जाने त्रिशूली नदीको झोलुङ्गे पुल मर्मतका लागि केही दिन बन्द हुँदा विकल्पमा लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने उक्त झोलुङ्गे पुल मर्मतका लागि  शुक्रबारबाट बन्द गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सूचना प्रकाशित गरी पुल जीर्ण रहेकोले मर्मतका लागि बन्द गरिएको जनाइएको छ ।  

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, पुल्चोक ललितपुरबाट खटिई आएका प्राविधिकबाट मर्मत कार्य भइरहेको हुँदा पुल मर्मतका लागि माघ ४ गतेदेखि मर्मत कार्य पूरा नहुँदासम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सो पुलबाट सवारीसाधनको आवागमन बन्द गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो ।  स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनका लागि पुल मर्मत कार्यमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको छ  । 

२०३७ सालमा निर्मित यो झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । दैनिक हजारौँ जना आवतजावत गर्ने उक्त पुलको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । पुलबाट स्थानीय तथा तीर्थयात्रीसहित दैनिक छ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने कार्यकारी निर्देशक बराल बताउनुहुन्छ । मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौँ स्थानीयले दैनिक मोटरसाइकलसमेत वारपार गर्ने गरेकाले पुल जीर्ण हुँदै गएको छ । माघेसङ्क्रान्ति, शिवरात्रि, बालाचतुर्दशी जस्ता धार्मिक पर्वमा एकै दिन लाखौँ भक्तजनले उक्त पुलमार्फत आवतजावत गर्छन् । नदी लामो भएकाले पालिकाको बजेटले निर्माण गर्न नसक्ने हुँदा सङ्घ तथा प्रदेश सरकारले सहयोग गरेर पुल निर्माण गर्नुपर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउनुहुन्छ । 

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - ०८:२७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology