Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको ज्यान गयो

उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको ज्यान गयो

इच्छाकामना न्युज

२४, आश्विन २०७७
उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको ज्यान गयो

दाङ, २४ असोज
नेपालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ। दाङ, रुपन्देही र बाँकेको १/१ जना गरि ३ जना कोरोना संक्रमितको ज्यान गएको हो।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो ज्यान गएको हो। असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार संक्रमित क्षयरोगका दीर्घरोगी थिए।
त्यसैगरि कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोरको शिक्षण अस्पताल कोहलपुरमा गएराति ज्यान गएको हो।
असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ३८ वर्षीय पुरुषलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो । प्लाज्मा थेरापी पनि गरिएका उनको शुक्रबार राति ११ बजे ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यसैगरी दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब ८ः३० बजे ज्यान गएको हो। उनमा निमोनिया समेत देखिएको थियो।

images

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - ०९:१७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology