Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवन महोत्सवमा युवा उद्यमलाई प्रोत्साहन : थरीथरीका चिया निशुल्क चखाउँदै हिमालयन चिया

चितवन महोत्सवमा युवा उद्यमलाई प्रोत्साहन : थरीथरीका चिया निशुल्क चखाउँदै हिमालयन चिया

images
चितवन महोत्सवमा युवा उद्यमलाई प्रोत्साहन : थरीथरीका चिया निशुल्क चखाउँदै हिमालयन चिया
images

चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।

त्यसैमध्येको एक स्टल छ हिमालयन चियाको स्टल । नेपाली चियाको प्रवद्र्धन एवम् युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवन मार्फत हिमालयन चियालाई निशुल्क स्टल उपलब्ध गराइएको छ ।

उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुशल्क रुपमा महोत्सव घुम्न आएकाहरुलाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भिड नै लाग्ने गरेको छ ।

हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थाेडक्स चिया र उच्च गुणस्तरको सिटीसी चिया चखाइराखिएको बताए । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उनले बताए । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उनले जानकारी दिए ।

himalayan chiya, chitwan mahotsav4.JPG

नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक ८ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको काजी बताउँछन् ।  

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - ०९:०१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology