Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ

images
चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ
images

चितवन । चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिट्रेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ ।

सूचना प्रविधि (आइटी) का विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र उद्योग व्यावसायीको सहभागितामा उवासंघको चितवनको सभाहलमा गोष्ठी सम्पन्न गरिएको हो ।
गोष्ठीमा प्राडा ई हरि भण्डारीले डिजिटल लिट्रेसी र ई कृष्ण पोख्रेलले व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

गोष्ठीमा सहभागी विद्यार्थी र उद्योग व्यावसायीलाई भण्डारी र पोख्रेलले विविध विषयमा प्रशिक्षणात्मक प्रस्तुती दिएका छन् । उनीहरुले व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बन्दै गएको बताउँदै यसबाट व्यावसायीहरुले फाइदा लिनुपर्ने बताएका छन् ।

गोष्ठीमा भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो । गोष्ठीलाई चितवन महोत्सव सूचना तथा प्रविधि व्यवस्थापन समिति संयोजक सन्तोस जनक भुषालले संयोजन गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन एवम् सहजीकरण गरेका थिए ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।

महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - ०९:१०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology