Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

९ माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त गरिएको छ ।

images

विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनमा प्रा.डा. भूमिनन्द देवकोटा र वन संकायको डीनमा प्राध्यापक बासु पोखरेललाई नियुक्त गरेको छ ।

यस्तै विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको निर्देशकमा प्रा.डा.निराजन भट्टराई नियुक्त भएका छन् ।

कृषि संकायका डीन श्रेष्ठ यसअघि सोही संकायका डीन थिए भने पशु संकायका डीन देवकोटा स्नातकोत्तर कार्यक्रम निर्देशक थिए । वन संकायका डीन पोखरेल यसअघि नै सहायक डीन भएर कार्य गरिसकेका व्यक्ति हुन् ।

अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. भट्टराईले यसअघि निरन्तर शिक्षा केन्द्रका निर्देशक भएर काम गरिसकेका थिए ।

विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाले राज्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने मुख्य कार्यभार विश्वविद्यालयसँग रहेको भन्दै त्यसबाट विचलित नभई काम गर्न डिन तथा निर्देशकलाई निर्देशन दिइन् । विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन सबैको सहयोग उत्तिकै आवश्यक रहेको पनि उनले बताइन् ।

यसैगरी रजिष्ट्रार प्रा.डा. पुष्कर पालले नियुक्त भएका डीन तथा निर्देशकहरुले विश्वविद्यालयको समग्र शैक्षिक गतिविधिमा आ–आफ्नो ठाउँबाट उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालय एक पोखरी जस्तै भएको भन्दै उनले त्यसको डीलमा बसेर सधैं पोखरी फोहोर भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १६:३६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology