Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतमा रेल दुर्घटना : चार नेपालीसहित १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना : चार नेपालीसहित १३ जनाको मृत्यु

एजेन्सी

१०, माघ २०८१
भारतमा रेल दुर्घटना : चार नेपालीसहित १३ जनाको मृत्यु

भारतको महाराष्ट्रको जलगांवमा बुधबार साँझ भएको एक रेलको ठक्करबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। भारतीय सञ्चारमाध्ययमका अनुसार मृत्यु हुनेमा चार महिला र नौ जना पुरुष रहेका छन्।

images

जलगाउँमा आगलागी भएको अफवाहपछि आफ्नो रेलबाट हाम फाल्दा नजिकैको ट्र्याकमा रहेको अर्को रेलले ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो।

दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरूले जनाएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ, जसलाई नजिकैको पचोराको स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जलगाउँ सरकारी अस्पतालमा पठाइएको छ।

महाराष्ट्र सरकारले मृतकका परिवारलाई ५ लाख रूपैयाँ दिने घोषणा गरेको छ

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - ०९:१८:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology